एजेन्सी । अमेरिकाको ब्रुकलिनमा एक १५ वर्षीय युवतीले आफ्नै आमाबुवाको हत्या गरेकी छिन् । हत्याको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ब्रुकलिन निवासी रोसा सांचेज र एंडरसन नन्जको हत्यापछि


उनकी नाबालिका छोरी डेस्टिनी गार्सियाले आत्मसमर्पण गरेकी थिईन् । तर, हत्याको कारण भने उनले बारम्बार बयानमा फेरिरहेकी छिन् । जसका कारण हत्याको खास कारण खुल्न सकेको छैन् । उनले आफ्ना काका का छोरालाई दिएको वयानमा उनका सौतेला बुवा उनको यौन शोषण गर्थे । जसका कारण उनले आमाबुवा दुबैको हत्या गरिन् ।मृतक आमाबुवा डेलीमेलका अनुसार प्रहरीलाई दिएको बयानमा आरोपी किशोरीले भनेकी छिन्- मेरी आमा मलाई खराब व्यवहार गर्थिन्, मलाई शारीरिक यातना दिन्थिन् । यो सबै घटना देख्दा पनि मेरा सौतेला बुवा हेरिरहन्थे, मलाई बचाउथेनन् । त्यसकारण मैले दुबै जनालाई एकै चिहान बनाए । यद्यपी घटनाबारे जानकारी पाएपछि प्रहरीले एक हप्तापछि अपार्टमेन्टबाट मृतकको सडेको शव बरामद गरेको थियो । यो घटनालाई सेकण्ड डिग्री मर्डर जस्तै मानिएको छ । जसका कारण अदालतले नाबालिका युवतीलाई बालिका श्रेणीमा राखेर मुद्दा अगाडि बढाएको छ । अब उनलाई सुधार गृह पठाउने आदेश अदालतले दिनेछ ।

0 comments:

Post a Comment

 
Top