छिमेकी मुलुक भारतको राजस्थान राज्यको डूंगरपुर जिल्लाको धंबोला थानामा एक किशोरीले आफ्ना पिताले आफूलाई पटक पटक शोषण गरेको मुद्दा दर्ता गराएकी छिन् । थानाका प्रहरी प्रमुख गजेन्द्र सिंह रावले कक्षा ११ मा अध्ययनरत बालिकाले आफ्ना बाबु ४० वर्षीय हरिश मीणाले पछिल्लो तीन महिनादेखि पटक पटक यौ**न शोषण गर्दै आएको मुद्दा दर्ता गराएको





जानकारी दिए । प्रमाण स्वरुप ती किशोरीले वीर्य लागेको आफ्नो र पिताको कट्टुका साथै अन्य विभिन्न प्रमाण पनि प्रहरीमा बुझाएको रावले बताए । छोरीलाई य**न शोषण गरेका विषयमा प्रहरीले अनसन्धान सुरू गरेको जनाएको छ । पीडित किशोरीको बुधबार मेडिल गरिएको समाचारमा उल्लेख छ । बालिकाका पीता प्रहरीमा उजुरी पर्नेवित्तिकै फरार भएका छन् । उनको खोजतलास सुरू गरिएको छ । आरोपी पीता अहमदाबादस्थित एक निजी प्रतिष्ठानमा कार्यरत छन् । उनले अत्याधिक रक्सी पिउने गरेको ती युवतीले उजुरीमा लेखेकी छिन् । छुट्टीमा घर आएका बेला छोरीलाई पटक पटक य**न शोषण गर्ने गरेको जनाइएको छ । पीडितकी आमा माइत गएका बेला सो घटना भएको उल्लेख छ । – एजेन्सी -

0 comments:

Post a Comment

 
Top