![]() |
नेपाल टेलिकमले आज २०७२ माघ ४ गते देखि नयाँ सामाजिक सञ्जालको रुपमा Meet संचालनमा ल्याएको छ। आज आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले यो सेवाको शुभारम्भ गरे।
उक्त अवसरमा मन्त्री राईले देशका सबै स्थानमा गुणस्तरीय सेवा पुर्याउने र नयाँ प्रविधि भित्र्याउने सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले पहिले देखि नै नयाँ नयाँ सेवा प्रदान गरिरहेको र यो सेवा पनि त्यसैको एउटा निरन्तरता भएको बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले सरकारको नीति र निर्देशन बमोजिम कम्पनीले विभिन्न कार्य गरिरहेको स्मरण गर्दै विभिन्न चुनौतिको बाबजुद पनि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले कार्य गरिरहेको र अहिले यस प्रकारको नयाँ सेवा पनि उपलब्ध गराउन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए।
के हो Meet? कसरी उपयोग गर्ने ?
Meet को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको छ ।
कम्पनीले यसलाई www.meet.net.np डोमेन नेमको रुपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम Meet रहनेछ । नेपाली भाषामा Meet को अर्थ भेट्नु हुने र सबै यही स्थानमा भेट हुने प्लेटफर्मको रुपमा यसलाई विकास गरिएको हो ।
नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप Unified Communication System (UCS) को रुपमा विकास गर्न ल्याइएको सेवा भएको कम्पनीले बताएको छ।
कम्पनीका मोबाइल (GSM/CDMA) मार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी Register गरेर यो सेवा उपभोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले यही सेवा मार्पmत ग्राहकलाई प्रतिदिन १० वटा SMS निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत् प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा SMS (Bulk SMS) पठाउन पनि सकिन्छ ।
यो साइटमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम आगामी दिनमा अन्य सेवाहरु समेत उपलब्ध गराउदै जाने लक्ष्य रहेको पनि कम्पनीले बताएको छ।

![]() |

0 comments:
Post a Comment