भारतको छत्तीसगढ राज्यको रायगढ जिल्लामा प्रहरीले १४ वर्षीय बालकको टाउको काटेको अवस्थामा शव बरामद गरेको छ ।
शवभन्दा केही टाढा काटिएको अवस्थामा टाउको फेला परेको छ । टाउकोसँगै धारिलो चक्कु र पूजा सामाग्री बरामद गरिएका छन् ।


रायगढ जिल्लाका अतिरिक्त पुलिस अधीक्षक यू.बी.एस. चौहानले पाँच किलोमिटर टाढा कोतरा रोड थाना क्षेत्रअन्तर्गत गोरखा गाउँको मैदानमा करीव १४ वर्षका बालकको टाउँको काटिएको अवस्थामा शव फेला परेको बताएका छन् ।
घटनास्थलमा फेला परेको जलेको अगरबत्ती र बत्तीबाट प्रहरीले बालकलाई नरबलि दिएको आशंका गरेको छ । साथै प्रहरीले बदलाको भावनाले पनि बालकको हत्या भएको हुन सक्ने उल्लेख गरेको छ । सो घटनाका विषयमा जाँच सुरू गरेको अधीक्षक चौहानले बताएका छन् । प्रहरीले शवको सनाखत हुन नसकेको जनाएको छ । किशोरको हत्या धारिलो चक्कुले घाँटी रेटेर गरिएको छ । -एजेन्सी

0 comments:

Post a Comment

 
Top