![]() |

के छ हो प्रकाश जी, प्रज्ञा प्रतिष्ठानको बाहिर चौरमा बसिरहेको बेला मैले सोधेँ उनलाई । यसो मतर्फ हेरेर उनको बोली निस्कियोे, के को प्रकाश “प्रचण्ड पुत्र प्रकाश भन्नुस् न” । बुझ्न गारो परेन– यो उनको व्यंग थियो ।
उनी अर्थात् प्रकाश दाहाल, एमाओवादी अध्यक्ष प्रचण्डका नवनियुक्त स्वकीय सचिव । नाताले प्रचण्डका छोरा । तर यही नातासँग जोडिएको परिचय नै उनका लागि गलपासो जस्तै बनेको छ । “जसले पनि प्रचण्ड पुत्र भन्दै ट्याग लगाउने ?” उनले कुराकै क्रममा भने ।
“तपाई प्रचण्डको छोरा त हो नि ? अनि प्रचण्डपुत्र भन्दा चाहिँ किन रिसाउनु परेको ?” यो प्रश्नको जवाफमा उनले भने, “त्यो सँगै म, म पनि त हुँ, चेत पाएदेखि आन्दोलनमा निरन्तर लागेको व्यक्ति । मेरो राजनीतिक चेतना र योगदान के ‘पुत्र’ कै छायामुनि ढाकिरहने ?”प्रचण्डकै छोरा भएको कारण ‘कृपा’ गरेर पद, प्रतिष्ठा आर्जन गरेको भए पुत्रको पगरी गुँथाउँदा पनि फरक पर्थेन होला भन्दै प्रकाशले अझै थपे– ४, ५ कक्षादेखि नै संगठित भएर निरन्तर पार्टीको काममा हिँडे, मैले त मेरो योगदानकै आधारमा पनि केन्द्रीय सदस्यको दावी गर्न मिल्छ । र, पनि मेरो जीवनलाई सिएमको ट्यागमा झुण्ड्याउन छोडिएन । सिएम अर्थात चेयरमेन, माओवादीहरुले अध्यक्ष प्रचण्डका लागि प्रयोग गर्ने शब्द ।
१५, १६ वर्षदेखि परिवार भनेकै पार्टी । “जे सिकेँ, आफैं सिके, पार्टी र जनताबाट सिकेँ, यसो गर, उसो गर, यो खा, त्यो नखा, यो पढ, त्यो नपढ, यता हिँड, त्यता नहिँड भन्ने कहिल्यै भएन । अहिले आएर सामान्य गल्तीलाई लिएर आलोचना हुँदा दुख लाग्छ मानिसहरुले मलाई नबुझेकोमा ।
प्रकाश दाहाल नेपाली मिडियामा धेरै छाए । खासगरी सगरमाथा आरोहण र बहुविवाहका कारण उनी सधैं चर्चामा रहे । मिडियाले उनी एउटा होटलबाहिर कुर्सीमैं निदाएको कुरालाई मात्तिएको भनेर समेत प्रचार गर्यो । कतिपयले उनलाई नवपारस समेत भने । प्रचण्डको छोरा भनेर मात्तिएको भन्न पछि परेनन् मान्छेहरु ।
किन तपाई नै टार्गेट त ? मिडियाले त्यत्तिकै खेदो खनेको होला र तपाईको ? प्रश्न जन्मिनु स्वभाविकै थियो ।
मिडियाले एकचोटी ‘भेरिफाई” नगरी सब आफूलाई नै थाहा भएजस्तो लेख्ने र केही मानिसहरुले नियोजितरुपमा आफूविरुद्ध प्रचार गरेको उनी बताउँछन् । प्रकाशले प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा रोकेर राखिएका माओवादी नेताका गाडीहरु तर्फ देखाउँदै भने– तपाईलाई थाहा छ, यी सबै गाडी मैले चलाएको छु नेताहरुको ड्राइभर जस्तै बनेर । त्यो कुरा मिडियामा आयो ? माओवादीभित्रै पनि जनयुद्ध लडेका नेताका छोराछोरी आज कहाँ छन ? कसैले खोजी गर्छ ? अनि म प्रचण्डको छोरा भए भन्दैमा मेरो मात्रै पिछा गर्ने ? प्रकाशको बुझाईमा प्रचण्डमाथि प्रहार गर्न कतिपयले उनलाई निशाना बनाए । ‘प्रचण्डको बैचारिक ‘पावरलाई कमजोर’ पार्न नसकेपछि छोरो मार्फत हिर्काउने र कमजोर बनाउन सिर्जना गरिएको कुटिल चाल हो’ । यसमा आफ्नै पार्टी भित्रका नेता पनि संलग्न रहेको उनको दाबी थियो ।
आफ्नै पार्टीका केही उच्चपदस्थ कमरेडहरुका छोराछोरी भारत या अन्य देशमा बसेर पढाई गरिरहँदा होलटाइमर भएर रोल्पा, रुकुमदेखि भारतका गल्लीगल्ली पुगेको कुरा मिडियाले नदेखेको उनको गुनासो थियो ।
वामपन्थी आन्दोलनमा व्यक्तिगत सम्पत्ति, परिवार, नीजि सम्बन्ध सबैको पार्टीकरण गर्ने नीति रहेको हुन्छ । अझ माओवादीको सशस्त्र युद्धमा त सर्वाहारा संस्कृतिको विकास भन्दै सबैले आफ्नो परिवारलाई क्रान्तिमा हिँडाए पनि । अरुका छोराछोरीलाई संघर्षमा, पार्टीमा, क्रान्तिमा होमिन आव्हान गर्ने तर आफ्ना छोराछोरीलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्ति बुर्जुवा संस्कार हो भन्दै कतिपय नेताहरुको आलोचना समेत भयो । प्रकाश भन्छन्– त्यही नीतिका आधारमा म पनि हिँडे बन्दुक बोकेर । मर्न सक्थे, बाँचे । आज आएर भने मलाई प्रचण्डको पुत्रका रुपमा मात्रै हेर्दा सुहाउँछ र ?– पार्टीभित्र समेत राम्रो काम गरेपछि वढुवा हुनुपर्ने भएपनि त्यही पिता पुत्रको सम्बन्धका कारण आजसम्म वढुवा नभएको उनी बताउँछन् । “योगदान गरेपछि योगदानको मूल्याङ्कन हुनुपर्ने होइन ? तर यहाँ सधैँ बाबु छोराको चार्ज लगाइन्छ ।” अहिले राज्यसमिति सदस्य रहेका प्रकाशले भने ।
“अब पार्टीमा काम गरेको आधारमा कुनै जिम्मेवारी पाए “प्रचण्ड पुत्र फलानो पदमा” भन्ने, व्यापारतिर हात हाले प्रचण्डको पैसा चोख्याउने नाटक भन्ने”, पार्टीकै निर्देशन अनुसार प्रचण्डसँग कतै गए “प्रचण्डपुत्रको मस्ती भन्ने” । कुनै व्यवसाय यर प्रचण्डको पैसा चोख्याए भन्ने ? अब म प्रचण्डको छोरा नै होइन त भन्न मिलेन नि ?”
प्रकाशको दुखेसो चर्चाका लागि समाचार बनाइहाल्ने मिडियाको प्रवृत्तिसँग छ । आफूमाथि बहुविवाहदेखि मात्तिएको आरोप समेत लगाएका घटना स्मरण गर्दै उनले ती यावत घटनामा एकाध बाहेक कसैले पनि आफ्नो प्रतिक्रिया नलिएको दावी गरे । आफ्नै पार्टीका केही उच्चपदस्थ कमरेडहरुका छोराछोरी भारत या अन्य देशमा बसेर पढाई गरिरहँदा होलटाइमर भएर रोल्पा, रुकुमदेखि भारतका गल्लीगल्ली पुगेको कुरा मिडियाले नदेखेको उनको गुनासो थियो । “प्रचण्डको छोरा मात्रै बनेको भएँ जनयुद्धको बेला म पनि असुरक्षा भएको बहानामा सुरक्षितरुपमा कतै बस्थँे हुँला, या कतै गएर पढ्थेँ नि ।” उनले भने । “तर मैले अध्यक्षको न धाक लगाए, न त्यसको फाइदा उठाएँ, बरु क्रान्ति मेरा लागि पनि हो भन्दै हिँडे पार्टीले खटाएको ठाउँमा । र, पनि प्रचण्ड पुत्रको ट्याग नछुट्ने भो कहिल्यै” दुखेसो पोखे उनले ।
प्रचण्डको ट्यागको कुरा गर्दै गर्दा मज्जैले हाँसे प्रकाश । “अब पार्टीमा काम गरेको आधारमा कुनै जिम्मेवारी पाए “प्रचण्ड पुत्र फलानो पदमा” भन्ने, व्यापारतिर हात हाले प्रचण्डको पैसा चोख्याउने नाटक भन्ने”, पार्टीकै निर्देशन अनुसार प्रचण्डसँग कतै गए “प्रचण्डपुत्रको मस्ती भन्ने” । कुनै व्यवसाय यर प्रचण्डको पैसा चोख्याए भन्ने ? अब म प्रचण्डको छोरा नै होइन त भन्न मिलेन नि ?”
२०५४ सालमा उनले पार्टीमा सदस्यता लिए । भारतमा रहेको पार्टीको युवासंघको उत्तरपश्चिम क्षेत्रको कोषाध्यक्ष बने उनी । यो एक किसिमले पूर्णकालिन संलग्नता नै थियो पार्टीमा । कक्षा ११ मा परीक्षा दिन नपाएको उनले बताए । “कलेजमा हाजिरी जम्मा ३५ प्रतिशत पुगेछ । चाहिने कम्तीमा ७२ प्रतिशत, जाँच नै दिन सकिनँ र पढाई छुट्यो ।
“बुवाका लागि युद्ध नै प्रधान थियो, व्यक्तिगत सम्बन्ध र परिवार उनका लागि गौण रह्यो । आजसम्म तँ पढ भनेको थाहा छैन् ।” उनले कुरा खोले । “शान्तिकालमा आएपछि यसो अरुलाई हेर्दा ‘मैले पनि पढ्न पाएको भए’ भन्ने लग्छ बारम्बार ।” उनले दुखेसो पोखे ।
त्यसपछि उनी पार्टीको पूर्णकालिन कार्यकर्ता बने, सबै व्यक्तिगत पक्ष छोडेर । जनमुक्ति सेनामा जान निवेदन दिए उनले । तर उनको निवेदन स्वीकार भएन । सूचना र सञ्चारमा निपुण भएको देखेर पार्टीले उनलाई रोल्पा र रुकुम क्षेत्रलाई आधार मानेर पार्टीको हेडक्वार्टरको सञ्चारको काममा खटाएको उनी बताउँछन् । जनयुद्धकालमा सूचना व्यवस्थापन युद्धको एउटा मुख्य थियो । आन्तरिक सूचना प्रवाह, बाह्य सूचना संकलन, सूचना सम्बन्धको विकास अत्यन्तै जटिल थियो । उनी यही जिम्मेवारी पुरा गर्नतिर लागे । यता राजधानीमा वार्ताहरु भइरहेका थिए । फौजी युद्धले विकास गर्दै गएपछि प्रकाश र जोखबहादुर महरा २०५७ देखि पार्टी अध्यक्षको सचिवालको जिम्मेवारी सम्हाल्न पुगे । प्रकाश भन्छन् “यो समय भनेको पार्टीभित्र समेत चरम अन्तरविरोधको विकास भएको थियो भने नेपाली सेनाले चौतर्फी आक्रमण गरिरहेको समय थियो । पार्टी अध्यक्ष र हेडक्वार्टरका लागि सूचना र अन्य व्यवस्थापन अत्यन्तै जरुरी थियो । १२ बुँदे सहमति हुँदासम्म आधारइलाकामा नै बसियो” उनले बताए ।
अहिले पनि दैनिक सूचनादेखि प्रविधिमा पोख्त प्रकाश सुचनामा यति तीब्र छन् कि सूचना उनको मोबाइलमा घण्टी बजाउँदै हरेक क्षण आउँछ । देश र विदेशका हरेक घटनाको पहिलो पाठक बन्छन् उनी कतिपय बेला ।
पार्टीभित्रै रमाएका प्रकाशले पार्टी खुला राजनीतिमा आइसकेपछि भने बल्ल पढ्न नपाएको दुखको अनुभूति गरे । “बुवाका लागि युद्ध नै प्रधान थियो, व्यक्तिगत सम्बन्ध र परिवार उनका लागि गौण रह्यो । आजसम्म तँ पढ भनेको थाहा छैन् ।” उनले कुरा खोले । “शान्तिकालमा आएपछि यसो अरुलाई हेर्दा ‘मैले पनि पढ्न पाएको भए’ भन्ने लग्छ बारम्बार ।” उनले दुखेसो पोखे । “नेताका छोरोछोरी विदेश पढ्न गए, कतिले यहिकै राम्रा स्कूल र कलेज पढेका छन्, तर मैले जम्मा १२ कक्षा पास गरेको छु, त्यो पनि भूमिगत अबस्थामै ।’ आफूलाई पार्टी र बाहिर खेद्ने एउटा कारण पढाई पनि भएको उनको बुझाई छ । “अब त प्राइभेट दिएर भएपनि बिए पास गर्छु” उनी भन्छन् ।आफूलाई नबुझ्नले कसैले पारसजस्तो भनेको, कसैले मस्ती गर्दै हिँडेको बताएपनि जानाजान गलत काम नगरेको उनले बताए । “आजसम्मको जीवनमा मैले कति जना मान्छे मारेको छु ? देखाउनुपर्यो ? मैले कतिजनालाई बलात्कार गरेको छु प्रष्ट पार्नु पर्यो । मेरो विगत, मैले गरेको त्याग र लगानीको अध्ययन÷समीक्षा नगरी जे पनि लेख्न र बोल्न पाइन्छ होला र ?” उनले प्रश्न गरे ।
२०४१ सालमा चितवनमा जन्मिए प्रकाश । चर्चाका हिसाबले जति चुलिएपनि उमेरका हिसाबले उनी ३१ वर्ष पुगे । सामान्य बालबालिकाको जस्तो “परिवारको अनुभूति” नै पाएनन उनले । बुवा पूर्णकालिन राजनीतिमा, आमा बुवासँगै । घरमा दिदीहरुमात्र । १५, १६ वर्षदेखि परिवार भनेकै पार्टी । “जे सिकेँ, आफैं सिके, पार्टी र जनताबाट सिकेँ, यसो गर, उसो गर, यो खा, त्यो नखा, यो पढ, त्यो नपढ, यता हिँड, त्यता नहिँड भन्ने कहिल्यै भएन । अहिले आएर सामान्य गल्तीलाई लिएर आलोचना हुँदा दुख लाग्छ मानिसहरुले मलाई नबुझेकोमा ।” भावुक हुँदै भने प्रकाशले ।
“मान्छेलाई मूल्यांकन गर्दा बस्तुनिष्ठ हुनुपर्ने होइन र ?” प्रकाशले प्रश्न गरे । आफूलाई नबुझ्नले कसैले पारसजस्तो भनेको, कसैले मस्ती गर्दै हिँडेको बताएपनि जानाजान गलत काम नगरेको उनले बताए । “आजसम्मको जीवनमा मैले कति जना मान्छे मारेको छु ? देखाउनुपर्यो ? मैले कतिजनालाई बलात्कार गरेको छु प्रष्ट पार्नु पर्यो । मेरो विगत, मैले गरेको त्याग र लगानीको अध्ययन÷समीक्षा नगरी जे पनि लेख्न र बोल्न पाइन्छ होला र ?” उनले प्रश्न गरे ।
प्रचण्डसँगको सम्बन्ध बुवा र छोराको कहिल्यै हुन नसकेको उनले बताए । “बुबाले हाम्रो व्यक्तिगत जीवनको लागि कहिले सोच्नुभएन, मलाई चिन्ता भविष्यमा कसरी ‘सस्टेण्ड’ हुने भन्नेमा छ ।”
मानिसका अगाडि कतिपय अवस्थामा ‘हात समातेर डो्र्याउने अभिभावक नहुँदा गल्तीहरु हुने’ उनको ठम्याई छ । आफूबाट समेत केही गल्ती भएको उनी स्वीकार्छन् । तर गल्तीहरुलाई सचेततापूर्वक सच्याएकोमा समेत उनी गर्व गर्छन् । ‘मैले विगतमा अन्जानमा कमजोरी गरेको पक्कै हो त्यसको सजाएँ भोगिसकेको छु, तर हिजोकै विगत कोट्याएर मलाई सधैँ नराम्रो भन्नु कसरी न्यायोचित भयो र’ ? विवाहको बारेमा समेत सत्यतथ्य अझैसम्म बाहिर थाहा नपाएको उनले दावी गरे ।
“बाहिरबाट हेर्दा केटीका लागि मरिहत्ते गर्ने व्यक्तिकारुपमा लाग्छु होला, तर भित्री कथा मलाई मात्रै थाहा छ । कतिपय कुरा मैले सार्वजनिक गर्न समेत सक्दिनँ ।” उनले भने । शान्तिकालमा बहुविवाहको आरोपमा पार्टीले दुइवर्षसम्म साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्यो । उनले पार्टीको कारवाही सहस्र स्वीकार गरे तर पार्टीको कामबाट बाहिर गएनन् । पार्टीमै क्रियाशील रहेको कारण उनीमाथि लगाइएको कारवाही फुकुवा गरियो । कारवाही फुकुवा भएपछि उनी केहि समय त्यतिकै बसे । यस्ता कुराले आफ्नो योगदानको अवमूल्यन गरेको उनको ठहर छ ।
कालो धन नै चोख्याउनु थियो भने त अरु ठूला उद्योगको व्यापार गर्थे होला नि, ८, १० बंगुर पालेर करोडौं, अरबौं चोखिन्छ र?” प्रचण्डको नाम लिएर आर्थिक चलखेल गरेको एउटा पनि उदाहरण खोज्न उनले चुनौती नै दिए ।
प्रचण्डसँगको सम्बन्ध बुवा र छोराको कहिल्यै हुन नसकेको उनले बताए । “बुबाले हाम्रो व्यक्तिगत जीवनको लागि कहिले सोच्नुभएन, मलाई चिन्ता भविष्यमा कसरी ‘सस्टेण्ड’ हुने भन्नेमा छ ।” उनले भने । अब भने उनको भावी योजना राजनीतिमैं पूर्णकालिन संलग्नता रहेको छ । आर्थिक व्यवस्थापनका लागि उनले बंगुर पालन गरेका छन् । चितवनमा साझेदारीमा गाई पालन समेत उनले गरेका छन् । तर यसलाई पनि प्रचण्डको अरबौंको कालो धन चोख्याउन गरिएको नाटक भनेकोमा उनको झनै दुखेसो छ । भन्छन्, “कालो धन नै चोख्याउनु थियो भने त अरु ठूला उद्योगको व्यापार गर्थे होला नि, ८, १० बंगुर पालेर करोडौं, अरबौं चोखिन्छ र?” प्रचण्डको नाम लिएर आर्थिक चलखेल गरेको एउटा पनि उदाहरण खोज्न उनले चुनौती नै दिए । राजनीतिक र नीजि जीवनको अन्तर्सम्बन्धलाई पार्टीले सही ढंगले बुझ्नुपर्ने उनको अनुरोध छ । योगदान र क्षमताका आधारमा जुनसुकै जिम्मेवारी दिएपनि पुरा गर्ने उनले बताए ।
भावकुतामा पुगेको बेला कुराको बीट मार्दै उनले फेरी हँसाए– ल, तपाईलाई अन्तर्वार्ता लिएकोमा धन्यवाद । शीर्षक फेरी उही “प्रचण्डपुत्र भन्छन् भन्ने त बनाउनु हुने होला नि ?”
![]() |
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.